शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट एकको मृत्यु

शनिबार, ०५ कात्तिक २०७९, ११ : ०३
शनिबार, ०५ कात्तिक २०७९

बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको छ । 

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले  जानकारी दिए । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप