शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्यतिबेला लाग्यो मेरो करियर नै समाप्त भयो :  कट्रिना

शनिबार, ०५ कात्तिक २०७९, १० : ०४
शनिबार, ०५ कात्तिक २०७९

कट्रिना कैफले हालै आफ्नो विगतको जीवनको बारेमा ठूलो खुलासा गरेकी छिन् । हालैको एक अन्तर्वार्तामा उनले सन् २००३ मा आएको फिल्म सायामा अभिनयका लागि अस्वीकृत हुँदा आफूलाई धेरै हदसम्म डिप्रेशनमा पुर्‍याएको​ बताएकी हुन् । 

अस्वीकृत भएको कुरा सुनेर आफू धेरै बेर रोएको र आफ्नो करियर सुरु हुनुभन्दा पहिले नै समाप्त भएको ठानेको पनि कट्रिनाले बताइन् । यो रिजेक्शनपछि आफू कहिल्यै हिरोइन बन्न नसक्ने सोच समेत पलाएको उनले सुनाइन् ।हालै मिडियालाई दिएको एक अन्तर्वार्तामा कट्रिनाले भनिन्– ‘साया फिल्ममा एक सट मात्र सुटिङ गरेपछि मलाई निकालियो । निकालिएको होइन, रिप्लेस गरियो । चलचित्रमा जोन अब्राहम र तारा शर्मा मुख्य भूमिकामा थिए। त्यतिबेला मलाई मेरो जीवन र करियर दुवै एकै समयमा समाप्त भएको महसुस भयो । म धेरै बेर यो सुनेर रोएँ ।’

साया २००३ मा रिलिज भएको यो हलिउड फिल्म ड्र्यागनफ्लाइको कपी थियो जसलाई अनुराग बसुले निर्देशन गरेका थिए। फिल्ममा जोन अब्राहम, तारा शर्मा र महिमा चौधरीको मुख्य भूमिका थियो । फिल्म महेश भट्टले निर्माण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप