नेपाली विद्यार्थीले बनाएको गाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा

काठमाडौं विश्वविद्यालयमा इञ्जिनियरिङ पढ्दै गरेका विद्यार्थीको समूहले बनाएको फ्युल इफिसिएण्ट गाडी जुनकिरी अन्तराष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा सहभागी भएको छ । उक्त प्रतियोगिता क्षेत्र अनुसार ३ चरणमा गर्ने गरिन्छ। युरोप, अमेरिका र एशियाका लागि चरण छुट्याइएको छ ।
टिम जुनकिरी इन्डोनेसियामा भएको एशिया रिजनल प्रतियोगितामा सफलतापूर्वक प्रतिस्पर्धा गरेर आएको छ। उक्त माइलेज रेस कम्पिटिसन इन्डोनेसियाको लम्बोक सहरमा रहेको मोटो जीपी रेसिंग हुने पर्टामिना मण्डालिका सर्किटमा भएको थियो। सो प्रतियोगितामा नेपाल सहित भिएतनाम, काजकिस्तान, भारत, कोरियालागयतका १५ देश का लगभग ४६ ओटा विश्वविद्यालयका समूहहरूले सहभागिता जनाएको थिए।
अक्टोबर ११ देखि १५ सम्म भएको प्रतियोगितामा विद्यार्थीले पहिलो २ दिन शिप्मेंट कम्पनिले टेक्निकल समस्याले गर्दा गाडी समयमा पाउन सकेका थिएनन् । टेक्निकल जाच अक्टोबर १३ सम्म मात्र थियो, टेक्निकल जाँचमा १२० ओटा मुख्य मापदण्ड विद्यार्थीहरुले १ दिनको छोटो समयमा पास गरेका थिए।
काठमाडौं विश्वविद्यालयले विगतदेखि नै विद्यार्थीलाई ठुला ठुला प्रतियोगितामा सहभागिता गराएर, थियोरिटिकल नलेजलाई प्राक्टिकल मैदानमा उतार्दै विद्यार्थीको मनोबल उच्च बनाउँदै आइरहेको छ। सो प्रतियोगितामा सहभागी हुन केयूले गाडी ढुवानीमा १६ लाख रुपैयाँ सहयोग गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)