यम दीपदान र धनतेरसको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान (भिडियोसहित)
शनिबार, ०५ कात्तिक २०७९, ०६ : ३२

आज (कात्तिक ५) धन त्रयोदशी तथा यमपञ्चक आरम्भको दिन अर्थात् यमराजलाई दीपदान (बत्तीदान) गर्ने र कुवेरको पूजा गर्ने दिन हो । आजको दिन हामीले आफ्नो घरको बाहिरपट्टि दक्षिणपट्टि फर्काएर नयाँ माटोको पालामा यमराजलाई दियो अर्पण गरी यमपञ्चक अथवा तिहारको विधिपूर्वक सुरुवात र स्वागत गरिन्छ । यो विधिले अकाल मृत्यु हुनबाट हामीलाई जोगाउँछ भन्ने मान्यता र विश्वास छ ।
आजैको दिन धन त्रयोदशी अर्थात् धनतेरस पनि परेको छ । यस दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान, नयाँ भाँडावर्तन वा बहुमूल्य धातु किन्ने प्रचलन छ । यस दिन कुबेरको पूजा गरिन्छ । प्रस्तुत छ, यम दीपदान र धनतेरसको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधानका सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
मकवानपुर गोल्डकपको हिसाब किताब गोलमाल
मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान