साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रियो
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।
भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने गरेको छ । भदौमा मात्रै ९५ अर्ब रुपियाँ विप्रेषण आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । राष्ट्र बैङ्कका अनुसार भदौसम्म यस्तो स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले बढेर एक लाख चार हजार पुगेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि ७०.६ प्रतिशतले बढेर ३९ हजार नाघेको छ ।
बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि त्यो अवस्था अझै कायमै छ । असार मसान्तमा नौ अर्ब ५४ करोड रुपियाँ डलर सञ्चिति रहेकामा भदौ मसान्तमा २ प्रतिशतले घटेर नौ अर्ब ३५ करोड डलर कायम छ । यो विदेशी मुद्रा सञ्चिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा
-
मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै