शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

देशभर जग्गा कारोबार ठप्प

शनिबार, ०५ कात्तिक २०७९, ०५ : ४६
शनिबार, ०५ कात्तिक २०७९

सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ।

जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ। विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले कटौती आएको छ। २०७८ साउन, भदौ र असोजमा नयाँ कित्ताकाट ४ लाख ४१ हजार ७ सय ७० कायम गरिएको थियो भने २०७९ साउन, भदौ र असोजमा देशभर नयाँ कित्ताकाट ५६ हजार ३ सय ६० मात्र कायम गरिएको छ। यो भनेको २०७८ साउन, भदौ र असोजको तुलनामा २०७९ साउन, भदौ र असोजमा ३ लाख ८५ हजार ४ सय १० ले कमी हो। आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप