बाढी र पहिरोमा परी इन्डोनेसियामा ६ जनाको मृत्यु
शुक्रबार, ०४ कात्तिक २०७९, २० : ५५
इन्डोनेसियाको बाली रिसोर्ट टापुमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । बाढी र पहिरोले करङगासेम, जेम्बराना, ताबनान, बाङ्ली, ग्यान्यार र बडुङ जिल्लामा क्षति पुर्याएको छ ।
सोमबारदेखि टापुमा आएको प्रकोपले पूर्वाधार, सार्वजनिक सुविधाहरु र घरहरूलाई पनि क्षति पुर्यााएको बाली प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख आई मेड रेन्टिनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।जनतालाई सतर्क रहन आग्रह गर्दै सम्भावित बाढी, पहिरो, लगायत प्राकृतिक जोखिमबाट जोगिन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक