आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आउन थाले चुनावी गीत, माओवादीको चुनावी गीतमा चेतन र प्रचण्डकी नातिनीको स्वर

शुक्रबार, ०४ कात्तिक २०७९, २० : २८
शुक्रबार, ०४ कात्तिक २०७९

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका चुनावी गीत आउन थालेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर पार्टीहरुले चुनावी गित सार्वजनिक गर्न लागेका हुन् । 

यसैक्रममा नेकपा माओवादीको चुनावी गीत सार्वजनिक भएको छ । अनिल नेपाल सांस्कृतिक महासंघ (माओवादी केन्द्र) का उपाध्यक्ष चेतन सापकोटाले आगामी ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने उदेश्यले चुनाव गीत ‘गठबन्धनलाई नजिताई भा छैन’ सार्वजनिक गरेका छन् । सापकोटाको शब्द तथा संगीत रहेको गीतमा उनलाई स्वरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले साथ दिएकी छन् । अध्यक्ष प्रचण्डलाई केन्द्रमा राखेर गीत तयार गरिएको छ ।

रोमान्टिक शैलीमा तयार गरिएको गीतमा प्रचण्डले गणतन्त्र ल्याएको, गोरखाबाट सम्बृद्धिको यात्रा तय गरिएको बर्णन गर्दै समाजवादको सोझो यात्रा समेत उनले गर्ने भनिएको छ । प्रचण्डले अहिलेसम्म सोचेजस्तो गर्न नपाएको समेत भनिएको गीतमा ‘गठबन्धन’लाई जिताउन समेत सबैलाई आग्रह गरिएको छ ।

संगीतकार सापकोटाकै निर्देशन रहेको भिडियोमा विभिन्न समयको भिडियो फुटेज समेत राखिएको छ । सम्राट थापाको संगीत संयोजन गीतको भिडियोमा चेतन सापकोटा, सिमरन कार्की, सुष्मा कार्की लगायतको अभिनय छ । अखिल नेपाल जनसांस्कृतिक महासंघको विषेश प्रस्तुति रहेको गीतको भिडियो राज पोखरेलले छायांकन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप