फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला
![फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला](https://rpcdn.ratopati.com/media/albums/gold_WChN5J6UEa.jpg)
ताप्लेज्ङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो ।
गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए ।
फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरगहना र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि, अध्यादेश र जातीय विभेदको गोलचक्करमा संसद्
-
यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)
-
हेटौंडाको फोहोर संकलन बन्द
-
बजेटको आकार १ खर्ब ६८ अर्बले घट्यो
-
म कुलमानविरुद्ध हैन, अन्यायविरुद्ध अदालत गएको थिएँ : हितेन्द्रदेव शाक्य
-
धरौटीमा छुटेपछि रविले भने– यो परिवर्तन जन्मिने बेलाको पीडा हो, परिवर्तन जन्मिएरै छोड्छौँ