सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन लाख बढी नगद र ७ लाख ५० हजारको चेकसहित कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा

शुक्रबार, ०४ कात्तिक २०७९, १९ : १८
शुक्रबार, ०४ कात्तिक २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र  ७ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।

आयोगले शुक्रवार सेवाग्राहीबाट ५ हजार घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको थियो । उनको खानतलासी गर्दा स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेक पनि पाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार  खतिवडामाथि थप अनुसन्धान भइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप