बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क हौं : अध्यक्ष बस्नेत

शुक्रबार, ०४ कात्तिक २०७९, १९ : ०६
शुक्रबार, ०४ कात्तिक २०७९

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन् । चुनावको समयमा झन् फेक समाचारको कारखानै खुल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका हुन् । 

उनले कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम गर्न नहुने पनि बताए । चुनावलाई स्वच्छ र निर्बाध ढंगले सम्पन्न गर्न मिडियाको ठुलो भूमिका रहने उनले बताए । बस्नेतले निर्वाचनमा सञ्चार माध्यमले संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिए । ​

अभिमुखीकरणको १५ औँ शृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रूपमा अभिमुखीकरण गराएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप