बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘कार्यकर्ता भर्ती गर्ने क्लिन फिडको अवधारणा ल्याइयो’

शुक्रबार, ०४ कात्तिक २०७९, १८ : ५६
शुक्रबार, ०४ कात्तिक २०७९

राष्ट्रिय विज्ञान संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्ने क्लिन फिड अवधारणा ल्याएको आरोप लगाएको छ । शुक्रवार राष्ट्रिय विज्ञान संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले यस्तो अारोप लगाएको हो ।

सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ती गर्न ल्याएको बताए । उनले सरकारको तलव भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लिन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले सरकारले क्लिन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

श्रेष्ठले क्लिन फिड अवधारणा ल्याएर पनि अहिलेसम्म कार्यान्वयन नहुनुमा शंका रहेको बताए । उनले विज्ञापनहरूलाई सही रुपमा प्रशारण र प्रकाशन गर्ने नीतिगत व्यवस्थाको लागि अब आउने सरकारसँग संघले वार्ता गर्ने पनि बताए । देशभरका विज्ञापन एजेन्सीहरूलाई एकत्रित गर्ने उद्देश्यले धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको छ ।-न्युज एजेन्सी नेपाल  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप