शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद : खेलाडीको स्वास्थ्यमा बेवास्ता गरिएको भन्दै अख्तियारमा उजुरी

शुक्रबार, ०४ कात्तिक २०७९, १८ : ४१
शुक्रबार, ०४ कात्तिक २०७९

नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको स्वास्थ्य उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार कार्यालय पोखरामा उजुरी गरेको छ । ३९ वर्षपछि गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद असोज २८ गते उपराष्ट्रपति नन्दकिशो पुनेले औपचारिक रूपमा सुरु गरेको खेल बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका थिए । 

नवौं राष्ट्रिय खेलकुदमा विभिन्न विधाका घाइते खेलाडीहरूको  स्वास्थ्य उपचार सुविधा समेत उपलब्ध नगराइएको तर उद्घाटन र समापन समारोहमा कानुन विपरीत आतसबाजी गरेर लाखौं रकम हिनामिना गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार कार्यालयमा  निवेदन दिएको नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर गुरुले बताए । नागरिक समाजले ४ वटा माग राख्दै छानबिनको माग गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप