सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बिदाको दिन पनि जरिवाना नबुझाए समानुपातिकको बन्द सूचीबाट नाम हटाइने

शुक्रबार, ०४ कात्तिक २०७९, १८ : १९
शुक्रबार, ०४ कात्तिक २०७९

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार पनि निर्वाचन खर्च बुझाउन सकिने जनाएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनावी खर्च नबुझाएका तर मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेको उम्मेदवारले भोलि शनिवार पनि खर्च विवरण बुझाउन सक्ने जनाएको हो । 

आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार स्थानीय तहको निर्वाचन खर्च नबुझाउने समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार बिदाको दिन खर्च विवरण बुझाएर आफ्नो उम्मेदवारी कायम गर्न निर्देशन दिएको छ ।  भोलि पनि खर्च विवरण नबुझाएमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीबाट नाम हटाउने आयोगले निर्णय गरेको उनले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप