बिदाको दिन पनि जरिवाना नबुझाए समानुपातिकको बन्द सूचीबाट नाम हटाइने
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार पनि निर्वाचन खर्च बुझाउन सकिने जनाएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनावी खर्च नबुझाएका तर मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेको उम्मेदवारले भोलि शनिवार पनि खर्च विवरण बुझाउन सक्ने जनाएको हो ।
आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार स्थानीय तहको निर्वाचन खर्च नबुझाउने समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार बिदाको दिन खर्च विवरण बुझाएर आफ्नो उम्मेदवारी कायम गर्न निर्देशन दिएको छ । भोलि पनि खर्च विवरण नबुझाएमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीबाट नाम हटाउने आयोगले निर्णय गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण