आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्दा तरंग पैदा भयो : थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन् । शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका हुन् ।
उनले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरूमा भूकम्प जानसक्ने आशंका व्यक्त गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताए । उनले आचारसंहिता उल्लंघन गरेको बारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रुपमा लिनुपर्ने बताए । उनले आचारसंहिता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण