मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकास हुन्छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने बताएका छन् । शुक्रबार जनजाति आदिवासीहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकारले विकासका काम नगरेको भन्दै मंसिरको निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले रेलको गतिमा विकासका काम गर्ने बताएका हुन् ।
‘यो सरकारलाई काम गर्ने फुर्सद पनि छैन, यो काम गर्न जन्मेको पनि होइन । बेग्लै उद्देश्यका लागि जन्मिएको सरकार त्यसैगरी अलमलिएको छ’, अध्यक्ष ओलीले भने, ‘र अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अघि बढ्छ ।’
उनले हाम्रो डोमेस्टिकमा उड्ने सौर्य र सिम्रिक एयरभन्दा छिटो जेट विमान उड्ने भन्दै सोही गतिमा मंसिर ४ पछि विकासको गति अघि बढ्ने बताएका हुन् । ‘त्यो गतिमा विकास हुन्छ । यो सन्देश गाउँगाउँमा लैजानुस् । जनताको महाअदालत मंसिर ४ गते बस्दैछ । महाफैसला गर्दैछ’, ओलीको भनाइ छ ।
ओलीले आफुले नेपालमा रेल चलाउने भन्दै उडाएको भन्दै केही दिनअघि आफै रेलको टिकट काटेर चढेको बताए । ‘हामीले रेल ल्याएका छौ । रेल भन्दा मजाकमा उडाउँथे । ‘अस्ति म रेलको टिकट काटेर रेल चढेर आएँ’, उनले भने, ‘त्यसदिन रेल नै ढिलो थियो कि के भो एकछिन ढिलो भो भनेर अत्तो थापे केहीले । म चढ्न जाँदा ढिलो भयो रे, हुनसक्छ मैले १४६ को टिकट काटेपछि त्यो १४६ जना मानिस चढ्दा अतिरिक्त ढिला भयो कि थाहा छैन, तर रेल खचाखच, कोचाकोच भयो ।’
उनले रेलको संख्या थपिदिनुपर्यो भनेर आफुलाई भनिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण