बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शंखरापुरमा नियमित फोहोर संकलन नगरे कम्पनीसँगको सम्झौता रद्ध गरिने

शुक्रबार, ०४ कात्तिक २०७९, १७ : ३२
शुक्रबार, ०४ कात्तिक २०७९

काठमाडौंको शंखरापुर नगरपालिकामा अबदेखि निरन्तर फोहोर संकलन तथा व्यवस्थापन हुने भएको छ । शुक्रबार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख रमेश नापितले फोहर व्यवस्थापनको जिम्मा लिएको कम्पनी ‘ब्यु वेस्ट टु भ्यालु’का प्रतिनिधिलाई नियमित फोहोर संकलन र व्यवस्थापन गर्न निर्देशन दिएका छन् । 

अन्यथा कम्पनीसँग गरिएको सम्झौता खारेज गर्ने चेतावनी दिएका छन् । नगरपालिकाले ब्यु वेस्ट टु भ्यालुको संकलन केन्द्रमा करिब ६ महिनादेखि थुप्रेको करिब १०० ट्रिपर फोहरमध्ये नगरपालिकाको ३८ ट्रिपर फोहर उठाउन सहयोग गर्ने र सो सहयोगपछि पनि चित्तबुझ्दो काम नगरे सम्झौता रद्ध गरिने नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।  

नगरपालिकामा भएको छलफलमा १ महिनासम्म फोहोर संकलनको  कार्यप्रगति हेरेर कम्पनीको म्याद थप्ने वा नथप्नेबारे निर्णय हुनेछ । नगरपालिकाको सहयोगमा फोहोर संकलन केन्द्रमा फोहर खाली भएको र अबदेखि नियमित फोहर संकलन हुने प्रवक्ता श्रेष्ठले बताएका छन् । 

शुक्रबार साँखु बजारको सुन्टोल, दुगाहिटी, नयाँ बसपार्क र पुरानो बसपार्क बाहेक साँखु बजारमा ४ ट्रिपर फोहर संकलन गरिएको छ । आइतबार सलम्बुटार, खुलालटार, इन्द्रायणी, सानागाँउ, जहरसिंह पौवाको फोहर संकलन गरिने भएको छ । सम्झौता अनुसार फोहोर संकलन गर्ने कम्पनीले काम नगर्दा नगरपालिकामा फोहोर थुप्रिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप