सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इटालीको एक चर्चित चर्चमा नग्न फोटोसुट गर्ने पर्यटक पक्राउ

शुक्रबार, ०४ कात्तिक २०७९, १७ : २९
शुक्रबार, ०४ कात्तिक २०७९

पछिल्लो समय इटालीका विभिन्न पर्यटक–स्थलहरुमा पर्यटकको उच्छृङ्खल हर्कत बढ्दै गएको छ । रोमको चर्चित ‘स्पेनिस स्टेप्स’मा कार चलाउने देखि भेनिसको विशाल नहर-ग्रान्ड क्यानल) मा सर्फिङ गर्नेसम्म र भ्याटिकनमा मूर्ति तोड्ने घटना यही वर्ष भए । 

त्यस्तै केही चेक पर्यटकहरु भेनिसको युद्ध स्मारकमा टपलेस अवस्थामा घाम तापिरहेको अवस्थामा भेटिए । त्यस्तै केही अमेरिकी भेनिसको नहरमा पूर्ण नग्न हाम फाले । अहिले भर्खरै एकजना महिला अमाल्फीको क्याथेड्रलमा नाङ्गै फोटोशूट गर्दै गर्दा पक्राउ परेकी छन् । 

सोमबार बिहान करिब ७ः३० बजे ती शरीरको अघिल्लो भागमा रातो पछ्यौराजस्तो कपडा लिएर चर्चको ढोकामा फोटो सुट गराउँदै गर्दा भेटिएकी थिइन् । सन् १०६७ मा तत्कालीन कन्स्टान्टिनोपलमा बनेको यस चर्चका ढोकाहरू नग्न फोटो सुट हुँदै गर्दा स्थानीय मानिसहरूले स्तब्ध हुँदै हेरिरहेका थिए ।

फोटोशूट गरिएको स्थानका समुदायका सदस्यहरूलाई विशेष रुपमा यस हर्कतबाट आहात महसुस गरेको अमाल्फी बस्ने कला इतिहासकार तथा लेखक लौरा थायरले भने ।  ‘यस्ता कार्यलाई बर्जित गरिएको चर्चमै नग्न फोटोसुट भएबाट मानिसहरु थप स्तब्ध बने,’ थायरले सीएनएनलाई भनिन् ।

‘यो एक पूजास्थल हो र अमालफिका बासिन्दाको आस्थाको केन्द्र पनि हो । यस अलौकिक धरोहरले स्थानीयहरुलाई ऐतिहासिक सम्झना दिलाउँछ । काँसका ढोकाहरू अमाल्फीको स्वर्णकालकै हुन् र यी ढोका प्राथना, विवाह र अन्त्येष्टिका लागि खुल्छन् । यी सुन्दर छन् तर अमाल्फी सोशल मिडियामा राखिने फोटोको लागि एक सुन्दर पृष्ठभूमि भन्दा धेरै बढी हो,’ थाएरले भने । 

सो घटनाको भिडियो खिचेकी एक स्थानीय महिलाले नग्न फोटोसुट गर्नेलाई ‘पागल’ भनेको सुनिन्छन् । ‘चर्चमा नग्न,’ उनले अविश्वासका साथ भनेको सुनिन्छ ।  यो विशाल चर्च नवौं शताब्दीमा बनेको थियो र यो सेन्ट एन्ड्रयूप्रति समर्पित छ । चर्चमा सन् १२०६ देखि उनको अवशेषहरू राखिएको बताइन्छ । यो संरचना त्यो समय बनेको हो जब अमाल्फी जेनोवा, भेनिस र पिसाजस्ता क्षेत्र बराबर समुद्री महाशक्ति थियो । 

‘पोसिटानो न्यूज’ नामक स्थानीय वेबसाइटले घटनामा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको र लगतै उनीहरुले शहर छोडेको बताएका छन् ।  अमाल्फी पुलिसका एक प्रतिनिधिका अनुसार तीनजना ब्रिटिश थिए र तीमध्ये एक पुरुष फोटोग्राफर, एक मोडेल र एक सहायक थिए । 

फेसबूकमा भिडियो पोष्ट गर्ने अर्को स्थानीय वेबसाइट ‘अमाल्फी नोटिजी’ले ती महिला चर्चमा पहिले पुरै कपडा लगाएर आइपुगेकी र सिँढीमा चढेर एक–एक गर्दै कपडा खोलेको लेखेको छ । प्रहरीलाई तिनले आफू लोकप्रियताको लागि नभएर सम्झनाका लागि मात्र त्यहाँ फोटो खिच्न लागेको बताएकी थिइन् । –सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप