एलन मस्कले ट्विटर किनेपछि आफ्नो तीन चौथाई कर्मचारी हटाउन सक्छन् : रिपोर्ट
विश्वका सर्वाधिक धनाढ्य एलन मस्कले सोसल मिडिया साइट ट्विटर किन्ने हो भने कम्पनीमा ठूलो कटौती हुनसक्ने अमेरिकाको चर्चित पत्रिका वाशिङ्टन पोस्टले बताएको छ । पत्रिकाका अनुसार, लगानीकर्ताहरूलाई ट्विटर किन्न सम्झौता प्रस्तुत गर्दा, एलन मस्कले कम्पनीका करिब तीन चौथाई कर्मचारीहरूलाई हटाउने योजना बनाएको बताए ।
यदि यसो भयो भने, ट्विटरमा कर्मचारीको संख्या झन्डै २,००० मा आउनेछ । ट्विटरमा हाल ८,२०० कर्मचारी कार्यरत छन् । यो प्रतिवेदनमा यो पनि भनिएको छ कि यदि एलन मस्कसँगको सम्झौताले काम गर्दैन भने पनि कम्पनीले यस वर्षको अन्त्यसम्ममा आफ्नो तलब र भत्ता खर्चमा करिब ८० करोड डलर कटौती गर्ने योजना बनाएको छ ।
उक्त अवस्थामा पनि कम्पनीले करिब एक चौथाइ कर्मचारीलाई हटाउनु पर्ने पत्रिकाले जनाएको छ । रिपोर्टका अनुसार कर्मचारीको संख्यामा भएको यो कमीले ट्विटरमा पोस्ट गरिएका संवेदनशील र भडकाऊ पोस्टहरू हटाउने र डाटा सुरक्षित गर्ने कम्पनीको क्षमतालाई असर गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण