एलन मस्कले ट्विटर किनेपछि आफ्नो तीन चौथाई कर्मचारी हटाउन सक्छन् : रिपोर्ट

विश्वका सर्वाधिक धनाढ्य एलन मस्कले सोसल मिडिया साइट ट्विटर किन्ने हो भने कम्पनीमा ठूलो कटौती हुनसक्ने अमेरिकाको चर्चित पत्रिका वाशिङ्टन पोस्टले बताएको छ । पत्रिकाका अनुसार, लगानीकर्ताहरूलाई ट्विटर किन्न सम्झौता प्रस्तुत गर्दा, एलन मस्कले कम्पनीका करिब तीन चौथाई कर्मचारीहरूलाई हटाउने योजना बनाएको बताए ।
यदि यसो भयो भने, ट्विटरमा कर्मचारीको संख्या झन्डै २,००० मा आउनेछ । ट्विटरमा हाल ८,२०० कर्मचारी कार्यरत छन् । यो प्रतिवेदनमा यो पनि भनिएको छ कि यदि एलन मस्कसँगको सम्झौताले काम गर्दैन भने पनि कम्पनीले यस वर्षको अन्त्यसम्ममा आफ्नो तलब र भत्ता खर्चमा करिब ८० करोड डलर कटौती गर्ने योजना बनाएको छ ।
उक्त अवस्थामा पनि कम्पनीले करिब एक चौथाइ कर्मचारीलाई हटाउनु पर्ने पत्रिकाले जनाएको छ । रिपोर्टका अनुसार कर्मचारीको संख्यामा भएको यो कमीले ट्विटरमा पोस्ट गरिएका संवेदनशील र भडकाऊ पोस्टहरू हटाउने र डाटा सुरक्षित गर्ने कम्पनीको क्षमतालाई असर गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ