ओलीले भने– डोम,चमार,भोटे,शेर्पा नै मेरा छोराछोरी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना छोराछोरी नै डोम, चमार, भोटे शेर्पा भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना छोराछोरी नभएकाले विभिन्न जातजातिका छोराछोरी नै आफ्ना छोराछोरी भएको बताएका हुन् ।
‘तपाईहरुलाई थाहा छैन होला । मेरा छोराछोरी कोही डोम छन् । कोही चमार छन् । कोही भोटे छन्’ ओलीले भने, ‘ओलीका छोराछोरी छैनन् किनभने मेरा छोराछोरी छैनन् तपाईहरुलाई थाहा होला । अरु जनजातिका छोराछोरी छन् ।’ जब मेरा छोराछोरी नै डोम चमार भोटे शेर्पा छन् भने मेरो पार्टीको दृष्टिकोण के होला भन्दै ओलीले प्रश्न गरे ? ‘मैले बाहुनका छोराछोरी खोजेर पढाएको छैन । सुगम ठाउँका छोराछोरी पढाएको छैन’ ओलीले भने ।
आफूले विभिन्न जातजातिका छोराछोरीको विषयमा सन्दर्भ आएकाले चर्चा गरेको बताए । ‘म कामले देखाउनुपर्छ भन्नेमा छु । मेरो काम जनतालाई माया गर्ने हो । प्रचार गरेर जस लिन चाहन्न’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण