ओलीले भने– डोम,चमार,भोटे,शेर्पा नै मेरा छोराछोरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना छोराछोरी नै डोम, चमार, भोटे शेर्पा भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना छोराछोरी नभएकाले विभिन्न जातजातिका छोराछोरी नै आफ्ना छोराछोरी भएको बताएका हुन् ।
‘तपाईहरुलाई थाहा छैन होला । मेरा छोराछोरी कोही डोम छन् । कोही चमार छन् । कोही भोटे छन्’ ओलीले भने, ‘ओलीका छोराछोरी छैनन् किनभने मेरा छोराछोरी छैनन् तपाईहरुलाई थाहा होला । अरु जनजातिका छोराछोरी छन् ।’ जब मेरा छोराछोरी नै डोम चमार भोटे शेर्पा छन् भने मेरो पार्टीको दृष्टिकोण के होला भन्दै ओलीले प्रश्न गरे ? ‘मैले बाहुनका छोराछोरी खोजेर पढाएको छैन । सुगम ठाउँका छोराछोरी पढाएको छैन’ ओलीले भने ।
आफूले विभिन्न जातजातिका छोराछोरीको विषयमा सन्दर्भ आएकाले चर्चा गरेको बताए । ‘म कामले देखाउनुपर्छ भन्नेमा छु । मेरो काम जनतालाई माया गर्ने हो । प्रचार गरेर जस लिन चाहन्न’ उनले भने ।