सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

शुक्रबार, ०४ कात्तिक २०७९, १६ : ०४
शुक्रबार, ०४ कात्तिक २०७९

पाकिस्तानको निर्वाचन आयोगले तोशा खाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य ठहर गरेको छ । निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारबारे अधिकारीहरूलाई भ्रमित गरेको बताएको छ।

इमरान खानका वकिल गौहर खानले भने, 'पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई दुर्व्यवहारमा संलग्न भएको आरोप लगाएको छ। हामी यो निर्णयलाई इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं।'

यसअघि निर्वाचन आयोगले तोषाखाना मुद्दामा भदौ १९ गते आफ्नो निर्णय सुरक्षित राखेको थियो । यस सम्बन्धमा निर्वाचन आयोगले इमरान खानलगायत सबै दललाई नोटिस जारी गरेको थियो ।
बीबीसीको उर्दू सर्भिस रिपोर्टका अनुसार निर्वाचन आयोग नोभेम्बर ४ अघि यस विषयमा निर्णय दिन संवैधानिक रूपमा बाध्य थियो।

पाकिस्तान तहरीक-ए-इन्साफ सरकारको पतनपछि, राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले अगस्ट ४ मा संविधानको धारा ६३ ९२० अन्तर्गत निर्वाचन आयोगलाई यस विषयमा विचार गर्न आग्रह गरेका थिए। वर्तमान गठबन्धन सरकारका सदस्यहरूले भने।

प्रधानमन्त्री शाहबाज शरीफको पार्टी मुस्लिम लिग ९नवाज० का नेता ब्यारिस्टर मोहसिन नवाज रञ्जाले संविधानको धारा ६३ ९२० अन्तर्गत नेशनल एसेम्बलीका सभामुखसमक्ष इमरान खानविरुद्ध यो कुरा उठाएका हुन्।

उनले प्रधानमन्त्री हुँदा इमरान खानले उपहार पाएको आरोप लगाएका थिए । उनले निर्वाचन आयोगलाई दिएको आफ्नो सम्पत्ति विवरणमा खुलाएका छैनन् । त्यसैले यो ‘दुर्भावनापूर्ण’ भएकोले संविधानबमोजिम चुनाव लड्न अयोग्य ठहराउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप