ड्रोन प्रयोगको तालिम दिन इरानी सैनिक क्राइमियामा
इरानले रूसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ । रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन तेहरानबाट सहयोग लिएको अमेरिकाले आरोप पनि लगाएको छ । रूसी सेनाका केही कर्मचारी तालिमका निम्ति क्राइमियामा रहेको राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् ।
इरानमा निर्मित ड्रोन युक्रेनभर आक्रमणमा प्रयोग गर्न रूसी सेनाका जवानलाई सिकाउन इरानी सेनाका अधिकारी क्राइमिया सक्रिय भएका तथा किएभविरूद्ध इरानको संलग्नताले तेहरान रूस–युक्रेन द्वन्द्वमा प्रत्यक्षरूपमा सक्रिय रहेको पुष्टि हुने उनले बताए । इरानी सैन्य कर्मचारी क्रिमियाको भूमिमा पुगेका तथा ड्रोन आक्रमणमा रूसी सेनालाई सघाएका बताउँदै उनले मस्कोले ड्रोन प्राप्त गरिसकेको जनाएका छन् । इरानबाट भविष्यमा थप ढुवानी हुने पनि उनले बताए ।
ड्रोनको प्रयोग नजानेका रूसी सेनालाई सघाएर तेहरानले अमेरिकासँगको आणविक सम्झौता वार्तालाई अनिश्चितातर्फ धकेलेको छ । रूसी सेनासँगको उसको बढ्दो सम्बन्धलाई पनि वासिङटनले अस्वाभाविक रूपमा लिएको छ । गत सेप्टेम्बरमा अनुपयुक्त पोशाकका कारण पक्राउ परेकी एक महिलाको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका आफ्ना नागरिकप्रति इरान सरकार निर्मम बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन