ओलीलाई अनुचित काम नगर्नुस् भन्दा कामै गर्न दिएनन् भनेर रोए : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा सवै किसिमका अनुचित काम भएको आरोप लगाएका छन् । शुक्रबार सत्ता गठबन्धनले बुटवलमा गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘जेजति अनुचित काम भएका छन् । ति सवै किसिमका अनुचित काम केपी ओलीका पालामा भएका छन् ।’
उनले आफूले अनुचित काम नगर्नुस् भन्दा ‘मलाई कामै गर्न दिइएन’ भनेर रोएको टिप्पणी गरे । उनले ओलीलाई श्रम लाग्दैन ? भन्दै प्रश्न समेत गरे । उनले गठबन्धनविरुद्ध विरोधीहरुले नानाभाती प्रचार गरिरहेको भन्दै त्यसलाई शसक्त प्रतिवाद गर्न आव्हान समेत गरे ।
‘संघीय चुनावमा समेत प्रतिगमनलाई पराजित गर्नैपर्छ । यही संकल्पका साथ चुनावी मैदानमा उत्रन आहान गर्छु । हामीले पहल नगरेको भए, लोकतन्त्र मासिने, संघीयता समाप्त पर्ने खतरा थियो’, नेपालको भनाइ छ । ओलीविरुद्ध आन्दोलन गरेर निकै ठुलो संकटबाट मुलुकलाई बचाएको भन्दै उनले त्यसरी पहल र अग्रसरता नलिएको भए देश राजनीतिक स्थिरताको दिशामा अघि नबढी अधिनायकवाद, निरंकुश सत्ता हावी हुने अवस्था आउनबाट रोकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख