सत्ता होइन, व्यवस्था बचाउनुपर्छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन राष्ट्रलाई जोगाउँदै सुशासन ल्याउने दावी गरेका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा पौडेलले गठबन्धन व्यवस्था बचाउन गरिएको बताए ।
‘सत्ता होइन,व्यवस्था बचाउनुपर्छ’, पौडेलको भनाइ छ । उनले पाँच दलीय गठबन्धन धेरै ठुलो उद्देश्यका लागि भएको भन्दै महान उद्देश्यका लागि समर्पित गरिएकाले सामान्य चुनावी तालमेल मात्रै नभएको बताए । उनले मुलुकमा संविधान र संघीय लोकतन्त्रको रक्षा गर्ने पक्ष एकातिर र अर्कातिर नेपालमा गणतन्त्र आउनै सक्दैन भन्ने शक्ति बीचको लडाई जारी रहेको बताए । उनले प्रतिगामीहरुले जिते संविधान र लोकतन्त्र नै नरहने बताए ।
‘७० वर्ष लडेर ल्याएको संविधान खल्बल्याउनु हुँदैन । राजनीतिक व्यवस्थालाई उथलपुथल गर्ने काम गर्नुहुँदैन’, पौडेलले भने, ‘संविधान गयो भने नेपाली जनताको अधिकार मात्रै जाने होइन, मुलक नै अस्थिरताको भूमरीमा जाकिन्छ ।’
उनले गठबन्धनमा कांग्रेस, कम्युनिस्टको जित हार नभई अग्रगामी शक्तिले जित्नुपर्ने बताए । ‘गठबन्धन जित्ने हो । ५ दलको गठबन्धनले राष्ट्र जोगाउँछ । सुशासन ल्याउँछ’, पौडेलको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका कार्यबहाक अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनलाई परास्त गर्न गठबन्धनमा भएका सहमतिहरु इमान्दारीपूर्वक लागू गर्न सक्नुपर्ने बताए । यद्यपि उनले परराष्ट्र लगायतका समस्या भएपनि ती भोलिका दिनमा छलफलका विषय बन्न सक्ने बताए । ‘अहिलको मुख्य प्रश्न भनेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर प्रतिगमनलाई परास्त गर्नु नै हो’, नेपालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण