डिभोर्स गर्दै दोहोरी गायिका ‘जेरी’
शुक्रबार, ०४ कात्तिक २०७९, १५ : २८
चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।
बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’ अदालत स्रोतले भन्यो ‘आउनु भयो भने आइतबार प्रक्रिया पुरा होला ।’
करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण