गठबन्धन पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल
शुक्रबार, ०४ कात्तिक २०७९, १५ : २७

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पवित्र उद्देश्यले बनेकाले सबै एकजुट हुनुपर्ने बताएका छन् । पोखरामा भएको सत्तारुढ गठबन्धनको भेलामा सम्बोधन गर्दै उनले विपक्षी गठबन्धन जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन नबनेको बताए । ‘एमालेले जस्तो ‘अप्राकृतिक’ तरिकाले यो गठबन्धन बनेको होइन ।
यो गठबन्धन संविधान रक्षार्थ र प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो । हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बताउन बनेको हो,’ अध्यक्ष नेपालले भने । नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरु एकजुट भएको नेपालको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएलमा ‘लाखे’ को फाइनल यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
-
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’