सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

गठबन्धन पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल

शुक्रबार, ०४ कात्तिक २०७९, १५ : २७
शुक्रबार, ०४ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पवित्र उद्देश्यले बनेकाले सबै एकजुट हुनुपर्ने बताएका छन् । पोखरामा भएको सत्तारुढ गठबन्धनको भेलामा सम्बोधन गर्दै उनले विपक्षी गठबन्धन जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन नबनेको बताए । ‘एमालेले जस्तो ‘अप्राकृतिक’ तरिकाले यो गठबन्धन बनेको होइन ।

 यो गठबन्धन संविधान रक्षार्थ र प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो । हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बताउन बनेको हो,’ अध्यक्ष नेपालले भने । नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरु एकजुट भएको नेपालको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप