काठमाडौं–८ लाई साँस्कृतिक राजधानी बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर र स्वयम्भु जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरूको संरक्षण र पर्यटकीय स्थल ह्वाइट गुम्बा वरपर पुर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने बताए ।
निर्वाचन परिचालन समितिले काठमाडौंको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार स्क्वायर र स्वयम्भूलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य सुरु भइसकेको बताए । स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरूलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उनको भनाइ छ ।
दुवै विश्व सम्पदाको बीचमा रहेका कयौं स्थानीय सम्पदाहरूको पहिचान र संरक्षणबाट उक्त क्षेत्र साँस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए । सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत् आर्यआर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने