बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं–८ लाई साँस्कृतिक राजधानी बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ

शुक्रबार, ०४ कात्तिक २०७९, १५ : २४
शुक्रबार, ०४ कात्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार  रहेका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर र स्वयम्भु जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरूको संरक्षण र पर्यटकीय स्थल ह्वाइट गुम्बा वरपर पुर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने बताए । 

निर्वाचन परिचालन समितिले काठमाडौंको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार स्क्वायर र स्वयम्भूलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य सुरु भइसकेको बताए । स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरूलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उनको भनाइ छ ।

दुवै विश्व सम्पदाको बीचमा रहेका कयौं स्थानीय सम्पदाहरूको पहिचान र संरक्षणबाट उक्त क्षेत्र साँस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए । सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत् आर्यआर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप