उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, ०४ कात्तिक २०७९, १५ : ०१

उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ वर्षिय विकास राई रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारको क्रममा शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।
प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिगमा धनगढीको गोल वर्षा
-
पटाका कारखानामा विस्फोट, एकै परिवारका आठ जनाको मृत्यु
-
राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना
-
दीपनगर अर्थात् दीपक बोहराले बसाएको बस्तीमा सन्नाटा
-
५ करोड क्लबमा ‘दुस्मन हेरेको हेर्यै’
-
गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?