राजनीतिमा हिजोको कुरा सम्झेर हुँदैन, गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस् : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिमा हिजोका कुरा सम्झेर अगाडि बढ्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा सत्ता गठबन्धन दलको संयुक्त कार्यकर्ता प्रशिक्षण दिँदै प्रधानमन्त्री देउवाले गठबन्धनका कार्यकर्ताले हिजोका कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति आउन नहुने बताएका हुन् । ‘हिजोको कुरा सम्झनुपर्ने पनि छैन । हिजोका कुराले हुने वाल पनि केही छैन । अहिलेका आवश्यकता गठबन्धन सरकार हो । गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने कुरा तपाई नगर्नुस् ।’
टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुपर्ने देउवाले सुनाए । ‘गठबन्धन आजको आवश्यकता छ । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम गर्नुहुँदैन,’ उनले भने, ‘सबै राजनीतिक पार्टी अलग अलग पृष्ठभूमिबाट आएको हो । प्रचण्ड, माधवजीलाई धन्यवाद दिन चाहन्छु । यत्रा नेता हुँदाहुँदै पनि उहाँले मलाई प्रधानमन्त्री बनाउनुभयो । उहाँहरुले मलाई होइन, नेपाली कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउनुभएको हो ।’
गठबन्धनका सबै दलमा केही नेताले टिकट नपाएको असन्तुष्टि रहेपनि त्यसलाई बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न आह्वान गरे । ‘सिट बाँडफाँटमा म त डराएको थिए । उहाँहरुले मिलाउनुभयो । सबै पार्टीमा टिकट नपाएको असन्तुष्टि छ । तपाईंहरु आफ्नो कर्म गर्नुस् । भोलि अवसर एकपटक पक्कै आउँछ । गठबन्धन यही तरिकाले अगाडि बढे जित निश्चित छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण