राजनीतिमा हिजोको कुरा सम्झेर हुँदैन, गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिमा हिजोका कुरा सम्झेर अगाडि बढ्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा सत्ता गठबन्धन दलको संयुक्त कार्यकर्ता प्रशिक्षण दिँदै प्रधानमन्त्री देउवाले गठबन्धनका कार्यकर्ताले हिजोका कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति आउन नहुने बताएका हुन् । ‘हिजोको कुरा सम्झनुपर्ने पनि छैन । हिजोका कुराले हुने वाल पनि केही छैन । अहिलेका आवश्यकता गठबन्धन सरकार हो । गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने कुरा तपाई नगर्नुस् ।’
टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुपर्ने देउवाले सुनाए । ‘गठबन्धन आजको आवश्यकता छ । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम गर्नुहुँदैन,’ उनले भने, ‘सबै राजनीतिक पार्टी अलग अलग पृष्ठभूमिबाट आएको हो । प्रचण्ड, माधवजीलाई धन्यवाद दिन चाहन्छु । यत्रा नेता हुँदाहुँदै पनि उहाँले मलाई प्रधानमन्त्री बनाउनुभयो । उहाँहरुले मलाई होइन, नेपाली कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउनुभएको हो ।’
गठबन्धनका सबै दलमा केही नेताले टिकट नपाएको असन्तुष्टि रहेपनि त्यसलाई बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न आह्वान गरे । ‘सिट बाँडफाँटमा म त डराएको थिए । उहाँहरुले मिलाउनुभयो । सबै पार्टीमा टिकट नपाएको असन्तुष्टि छ । तपाईंहरु आफ्नो कर्म गर्नुस् । भोलि अवसर एकपटक पक्कै आउँछ । गठबन्धन यही तरिकाले अगाडि बढे जित निश्चित छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?