अपूर्व क्षितिजले भने– मुद्दा जसरी पनि जित्छु

कमेडियन अपूर्व क्षितिजले आफुले मुद्दा जसरी पनि जितेर छोड्ने बताएका छन् । आफुलाई परेको समस्या केबल आफ्नो मात्र नभएर सबै नेपालीको भएको उनको धारणा रहेको छ । बिहीबार २ लाख ५० हजार धरौटीमा रिहा भएका क्षितिजले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु देश समेत नछोड्ने बताएका छन् । उनले अगाडि भन्छन्– ‘मानिस किन देश छोडेर विदेश जान्छ भन्ने म अहिले बुझ्दै छु ।’
मेरो अनुरोध जनता र यो देशको सिस्टमलाई भन्दै उनी अगाडि लेख्छन्– ‘यो मुद्दा कतिको सिरियस छ भन्ने कुरो थाहा पाउनु जरुरी छ । नेपालमा यो मुद्दा पहिलो हो र यसमा के हुन्छ कसैलाई केही आइडिया छैन । यो मुद्दा हारियो भने जसलाई जसले जे पनि मुद्दा हाल्न मिल्छ । खासै कोही केही बोल्न पाउँदैन । मानिस किन देश छोडेर विदेश जान्छ भन्ने म अहिले बल्ल बुझ्दैछु, तर म जान्न ।’
यो केस म जितेर छोड्छु । सिए पढेको मानिस म त्याग गर्न सिकेको छैन । यो मेरो मात्र केस होइन । यो हामी सबै नेपालीको वाक स्वतन्त्रताका लागि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा