फ्राइडे रिलिज : ‘के घर के डेरा’ भर्सेज ‘नालापानी’
आज शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘के घर के डेरा’ र ‘नालापानी’ । फ्राईडे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
के घर के डेरा
दीपेन्द्र .के खनाल निर्देशित ‘के घर के डेरा’ सामाजिक बिषयबस्तुमा निर्माण भएको फिल्म हो । घर हुने र डेरामा बस्नेको कथा बिषयको रुपमा उठाएको फिल्म फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री लगायतको अभिनय छ ।
कार्यकारी निर्माता युवराज कार्की रहेको फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
नालापानी
ऐतिहासिक विषयवस्तुमा निर्माण भएको ‘नालापानी’ रिमेश अधिकारीले निर्देशन गरेका हुन् । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर फिल्म निर्माण भएको हो ।

देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की सिमन खड्का, सुशील खडका लगायतको अभिनय फिल्ममा छ ।
फिल्मका निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की र कार्यकारी निर्माता घनेन्द्र थपलिया हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण