ताप्लेजुङको यस्तो छ नमुना मतपत्र, योगेशसहित को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले प्रदेश नम्बर १ स्थित ताप्लेजुङको नमुना मतपत्र सार्वजनिक गरेको छ । नमुना मतपत्रअनुसार ताप्लेजुङमा ११ वटा निर्वाचन चिह्न समेटिएको छ । जसअनुसार पहिलो नम्बरमा एमालेको सूर्य चिह्न, दोस्रो नम्बरमा माओवादी केन्द्रका गोलाकारभित्रको हँसिया हथौडा, तेस्रो नम्बरको जसपाको छाता र चौथो नम्बरमा राप्रपाको हलो रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार रहेका छन् । नेकपा एमालेले योगेशकुमार भट्टराईलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले खेल प्रसाद बुढाक्षेत्री, जनता समाजवादी पार्टीले चन्द्र मादेनलाई उम्मेदवार बनाएको छ । यसैगरी राप्रपाले रामबहादुर कार्की, लोसपाले चैतन्य प्रकाश केदेम, मंगोल नेशनल अर्गनाइजेशनले विक्रम लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले होमप्रसाद तुम्बाहाङ्फे, राष्ट्रिय जनमुक्ति पार्टीले इन्द्रकुमार लिम्बु उम्मेदवार हुँदा स्वतन्त्रबाट सञ्जुकुमार पालुंवा र हरिप्रसाद बराल उम्मेदवार रहेका छन् ।
ताप्लेजुङमा भट्टराई र बुढाक्षेत्रीबीच रोचक प्रतिस्पर्धा हुने ठानिएको छ । एमाले एक्लै चुनावी मैदानमा हुँदा माओवादीलाई कांग्रेस, एकीकृत समाजवादीसहितका दलहरूको समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान