अहिले देशमा दुई वटा गठबन्धन आमने समाने छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने-समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने-समाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान र लोकतन्त्र रक्षा गर्नेका बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।'
त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने ।
यसलाई गम्भीरतापूर्वक आत्मासाथ गर्न गठबन्धनका दलका नेता कार्यकर्तालाई प्रचण्डको आग्रह छ । यो कुरा जनतालाई राम्री बुझाउनु पर्ने पनि उनले बताए । काठमाडौं ७ का मतदाताले मानुषी यमी भट्टराईलाई जिताएर पठाउने प्रचण्डले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण