सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले देशमा दुई वटा गठबन्धन आमने समाने छन् : प्रचण्ड

शुक्रबार, ०४ कात्तिक २०७९, ०९ : ११
शुक्रबार, ०४ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न आम निर्वाचनमा दुई वटा गठबन्धन आमने-समाने हुने बताएका छन् । काठमाडौं ७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमने-समाने भएका छन् । एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान  र लोकतन्त्र रक्षा गर्नेका​ बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।'

त्यसैले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा चुनाव सामान्य नभएको उनको भनाइ छ । देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचन, प्रचण्डले भने ।

यसलाई गम्भीरतापूर्वक आत्मासाथ गर्न गठबन्धनका दलका नेता कार्यकर्तालाई प्रचण्डको आग्रह छ । यो कुरा जनतालाई राम्री बुझाउनु पर्ने पनि उनले बताए । काठमाडौं ७ का मतदाताले मानुषी यमी भट्टराईलाई जिताएर पठाउने प्रचण्डले विश्वास व्यक्त गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप