नेटफ्लिक्सले पासवर्ड–शेयर गर्ने सब्क्राइबरहरुसँग अतिरिक्त शुल्क लिने

नेटफ्लिक्सले सन् २०२३ को सुरुदेखि पासवर्ड सेयरलाई निरन्तरता बनाउनको लागि कारबाही सुरु गर्ने बताएको छ । आफ्नो लगइन पासवर्ड शेयर गर्ने ग्राहकहरूलाई कम्पनीले अतिरिक्त शुल्क लगाउनेछ ।
नेटफ्लिक्सले पासवर्ड शेयर गर्नेहरुलाई कति अतिरिक्त पैसा तिर्नुपर्नेछ भन्ने कुरा भने सार्वजनिक गरेको छैन । तर नेटफ्लिक्सले यही कुराको परिक्षण गरिरहेको ल्याटिन अमेरिकी मुलुकमा भने पार्सवर्ड शेयर गर्ने ग्राहकहरुलाई उसले २५ प्रतिशतसम्म बढि शुल्क लिइरहेको छ ।
यो वर्ष पहिलो झण्डै २ लाख र दोस्रो त्रैमासिकमा झण्डै १० लाख ग्राहक (सब्सक्राईबर) सङ्ख्या घटेपछि यस भिडियो स्ट्रिमिङ कम्पनीले आम्दानी बढाउने विकल्पहरूमा जोड दिन थालेको छ । नेटफ्लिक्सको प्रयासले केही प्रतिफल दिएको पनि देखिएको छ । कम्पनीले दुई त्रैमासिकको गिरावटपछि तेस्रो त्रैमासिकमा भने २४.१ लाख नयाँ सब्क्राईबर थपिएको घोषणा गरेको छ । आगामी तीन महिनामा ४५ लाख नयाँ सब्क्राईबर थपिने कम्पनीको प्रक्षेपण छ ।
पासवर्ड सेयरविरुद्धको कदमका अतिरिक्त नेटफ्लिक्सले भर्खरै ‘बेसिक विथ एड्स’ घोषण गरेको छ । विज्ञापनसहित आउने यो सेवाको मुल्य विज्ञापन रहित सेवाभन्दा थोरै पर्छ । जस्तो अहिले अमेरिकामा नेटफ्लिक्सको बेसिक सेवाको ९.९९ डलर प्रति महिना रहेकोमा बेसिक विथ एड्स सेवाको ६.९९ डलर पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित