दाङमा हायस दुर्घटना, चालकसहित चार जना घाइते

दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइते मध्ये चालकको अवस्था गम्भीर छ । नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर-१६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय टोपेन्द्रबहादुर विष्ट घाइते भएका छन् ।
सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा भइरहेको छ । गम्भीर घाइते चालक विकलाई भने थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । दाङको तुलसीपुरबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको रा१ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर-१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’