बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनमा महिलाको सहभागिता कम भयो : ओनसरी घर्ती

बिहीबार, ०३ कात्तिक २०७९, १८ : ५९
बिहीबार, ०३ कात्तिक २०७९

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छन् ।  वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवारसमेत रहेकी नेतृ घर्तीले यस्तो बताइन् । 

उनले महिलाहरु विभिन्न आन्दोलन र लडाईंको मोर्चाहरुमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व कम भएको गुनासो गरिन् । निर्वाचनमा पनि महिलाहरुको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढीभन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि उनले बताइन् । 

नेतृ घर्तीले महिलाहरुको प्रतिनिधित्व, पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन् । उनले आगामी ५ वर्षपछि महिलाहरु हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य रहने पनि बताइन् । उनले आफूले देश र जनताको लागि काम गरेको उल्लेख गर्दै ५ वर्षपछि अन्य महिला नेतृहरु निर्वाचन र नेतृत्व सम्हाल्नका लागि सक्षम बन्ने बताइन् । उनले राज्यले महिलाहरुलाई नेतृत्वका लागि अवसर प्रदान गरे महिलाहरु नेतृत्व सम्हाल्न योग्य भएको पनि बताइन् ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप