बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा यातायात तथा हवाइसेवालाई सहज बनाउन आग्रह

बिहीबार, ०३ कात्तिक २०७९, १८ : २७
बिहीबार, ०३ कात्तिक २०७९

राष्ट्रिय मानवअधिकार आयोगले बाढी पहिरोका कारण कर्णाली राजमार्ग असोज २१ गतेदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाइ सेवा प्रभावित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।  नागरिकहरुको आवतजावतमा कठिनाई उत्पन्न भएको अवस्थाप्रति चासो दिँदै आयोगले कर्णालीमा यातायात तथा हवाइसेवालाई सहज बनाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

आवतजावतमा देखिएको समस्याका कारण दशैँ मनाउन घर गएका नागरिक गन्तव्यस्थलमा फर्किन नपाएको, परिक्षार्थीहरु परीक्षास्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक परेका बिरामीहरु तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरु समस्यामा परेको, हुम्लामा चामलको भण्डारण सकिएको एवम् जुम्लामा करिब ७०० र मुगुमा करिब १५० जना नागरिक अलपत्र अवस्थामा रहेको पाइएको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
  
यस सम्बन्धमा आयोगले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग आज छलफल समेत गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप