शुक्रबार देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने
बिहीबार, ०३ कात्तिक २०७९, १६ : ३५
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार रुपन्देहीको बुटवल आउने भएका छन् ।
पाँच दलीय गठबन्धनका अगुवा नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन शीर्ष नेताहरु बुटवल आउन लागेको माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए । जिसीका अनुसार बुटवलको योगिकुटीस्थित एक होटलमा दिउँसो २ बजे प्रशिक्षण कार्यक्रम शुरु हुनेछ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रदेशभरिका एकहजार जना अगुवा नेता कार्यकर्ताहरु उपस्थित हुनेछन् ।
शीर्ष नेताहरुले शुक्रबार दिउँसोसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सकेर हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारी भइरहेको जिसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण