बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एनएचपीसीले पायो पश्चिम सेती सर्वेको लाइसेन्स, ३ महिनामा प्रारम्भिक प्रतिवेदन बन्ने

बिहीबार, ०३ कात्तिक २०७९, १६ : २५
बिहीबार, ०३ कात्तिक २०७९

भारतको नेश्नल हाइड्रोइलेक्टिङ पावर कर्पोरेशन (एनएचपीसी)ले पश्चिम सेती सर्वेक्षणको लाइसेन्स पाएको छ । लगानी बोर्डले आज एनएचपीसीलाई आयोजना सर्वेक्षणको लाइसेन्स दिएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका डेपुटी जेनेरल म्यानेजर अशोककुमार जोशीलाई आयोजनाको सर्वे लाइसेन्स हस्तान्तरण गरेका हुन् । ७५० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनको प्रारम्भिक प्रतिवेदन ३ महिनामा तयार हुनेछ ।

यसैगरी, प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा आगामी २१ महिनाभित्रमा आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) तयार हुनेछ । बोर्डले गत भदौ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा एनएचपीसीलाई उक्त आयोजनाको जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप