सुनका सिक्का र असर्फी आइतबारसम्म किन्न पाइने, १० हजार वटा सिक्का मौज्दात
नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण शुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट बिहीबारदेखि शुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ ।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार गत वर्षहरू जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ भने रु. १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ । रु. १००० अंकित चाँदीको सिक्काको मूल्य १६ सय रुपैयाँ तोकिएको छ ।
सुनको सिक्काको भने दैनिक सुनको बजार भाउअनुसार मूल्य निर्धारण हुने र सिक्काको निर्माण, व्यवस्थापन खर्चवापत प्रतिग्राम थप २ सय रुपैयाँ शुल्क लाग्ने नेपालले रातोपाटीसँग बताए । बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट सुनका सिक्का तथा असर्फीहरू उपलब्ध गराइरहेको छ ।
खासगरी तिहारको धनतेरसका दिन यस्ता सुनका सिक्का, असर्फी तथा टक्सारहरु गृह प्रवेश गराउँदा ठूलो धन वृद्धि हुने जनविश्वास रहँदै आएको छ । सोहीकारण यस अवसरमा असर्फी चाहने सर्वसाधारणलाई राष्ट्र बैंकले सिक्का, असर्फी तथा टक्सारहरु उपलब्ध गराउने गर्छ ।
गत वर्षको तिहारमा ४ हजारवटा सुन र चाँदीका सिक्का तथा असर्फी बिक्री वितरण गरेको बैंकले यसवर्ष १० हजार वटा सिक्काको व्यवस्था गरेको छ । ‘अघिल्लो वर्ष हामीसँग प्रयाप्त सिक्का थिएन । त्यसैले उपलब्ध सिक्कालाई नै मिलाएर बिक्री गर्यौ । तर, यसपटक प्रयाप्त सिक्काको मौज्दात छ । १० हजारवटा सिक्काले बजारको माग धान्ने बैंकको अनुमान छ । यदि माग बढी आयो भने प्रतिव्यक्ति कम बिक्री गरेर भएपनि सबैलाई पुर्याउँछौँ’ नेपालले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण