जुडोमा आर्मी च्याम्पियन
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्न सफल भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विहीबार भएको मिक्स टिम इभेन्टमा एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हासिल गरेको हो ।
मिक्स टिममा स्वर्ण पदक जितेको आर्मी प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण पदक जित्दै जुडोको च्याम्पियन बनेको हो । कुल १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । स्वर्णको खाता खोल्ने दाउमा रहेको एपिएफ रजतमा सिमित भएको छ । बागमती प्रदेश र प्रदेश नम्बर १ ले कास्य पदक जिते ।
मिक्स टिम इभेन्टमा ५ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहेको थियो । जुरीको निर्णायक अस्विकार गर्दै लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले म्याट छाडेका थिए । विवाद समाधान नभएपछि यि दुई टिमले खेल छाडेका छन् । जुडो संघले भने दुवै टिमलाई अयोग्य ठहर गरेको छ । पहिलो चरणको खेलमा लुम्बिनी प्रदेश र बागमती प्रदेश आमनेसामने भएका थिए । नेपाल पुलिस क्लबले नेपाल आर्मीसँग खेलको थियो । तिनै खेलमा जुरीको निर्णय अस्विकार गरेपछि अयोग्य घोषित भएका हुन् । नेपाल आर्मीले ९ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । बागमती प्रदेशले २ रजत र ७ कास्य पदक जित्यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य जितेको छ । मधेश प्रदेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, १ कास्य जितेको छ । प्रदेश नम्बर १ ले ३ कास्य जितेको हो । सुदूरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १/१ कास्यमा चित्त बुझाएका छन् । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेनन् । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण