नेप्सेमा सामान्य गिरावट, ५० करोडको कारोबार
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १.३८ अंकले घट्दै १८४४.१४ अंकमा झरेको हो ।
तर, यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने झिनो (०.०९ अंक) ले बढ्दै ३६३.०५ अंकमा उक्लिएको छ । समान्य अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।
आज ट्रेडिङ डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने १० वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ०.२४ प्रतिशतले, हाइड्रोपावर ०.५३ प्रतिशतले, फाइनान्स ०.२१ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९.९७ प्रतिशतले कमाएका छन् भने सेन्चुरी डिभेन्चरका लगानीकर्ताहरूले ७.७३ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण