बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, ५० करोडको कारोबार

बिहीबार, ०३ कात्तिक २०७९, १५ : २२
बिहीबार, ०३ कात्तिक २०७९

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १.३८ अंकले घट्दै १८४४.१४ अंकमा झरेको हो । 

तर, यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने झिनो (०.०९ अंक) ले बढ्दै ३६३.०५ अंकमा उक्लिएको छ । समान्य अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । 

आज ट्रेडिङ डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने १० वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ०.२४ प्रतिशतले, हाइड्रोपावर ०.५३ प्रतिशतले, फाइनान्स ०.२१ प्रतिशतले घटेका छन् । 

आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९.९७ प्रतिशतले कमाएका छन् भने सेन्चुरी डिभेन्चरका लगानीकर्ताहरूले ७.७३ प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप