माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ । बिहीबार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई नेपाललाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो ।
रौतहट क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा सो क्षेत्रका उम्मेदवार माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएको हो । नेता नेपालले ‘बिना ढेउवा के भिसा मिल हे, टिकट मिलते हैं, काठमाण्डौमे तलिम मिल्ते हैं’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भई पत्र लेखेको हो ।
आयोगले निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा १ को खण्ड च मा उम्मेदवारले कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था रहेको र सोही ऐनको दफा २० को उपदफा १ को खण्ड ‘च’ विपरितको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था रहेको जनाएको छ ।
माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही गर्न आयोगले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण