सुरक्षा परिषद्द्वारा इजरायल–लेबनान समुद्री सीमा सम्झौताको स्वागत
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो ।
सुरक्षा परिषद्का सदस्यहरूले लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र यसलाई स्थायी रूपमा समाधान गर्न सहमत भएको घोषणाको प्रशंसा गरेका छन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने परिषद्ले एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
इजरायल र लेबनान बीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वी भूमध्य सागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समान रूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ । लेबनान र इजरायलका नेताहरूले गत असोज २५ गते पूर्वी भूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर बगरमा तरभुजाखेती
-
लोसपा नेपालको महाधिवेशन पुनः सर्ने
-
किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब मन्त्रालयबाटै
-
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना
-
इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड