सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

चाडपर्वमा घर सर–सफाइ गर्ने चलनले महिलाको समस्या कसरी थपिरहेको छ ?

बिहीबार, ०३ कात्तिक २०७९, १३ : ११
बिहीबार, ०३ कात्तिक २०७९

विश्वभरी घरको कुना–काप्चाको वार्षिक सफाइ गर्ने पुरातन परम्परा रहँदै आएको छ जसको जड धर्म र संस्कृतिमा पनि फेला पार्न सकिन्छ ।

कतिपय सभ्यतामा चाडपर्व पनि मनाइन्छ । निकै चिसो मौसम भएको युरोप र अमेरिकामा यस्तो सफाई वसन्तको आगमनसँगै गरिन्छ ।

बिजुलीको आविष्कार हुनु अघि, घरहरू उज्यालो बनाउन प्रयोग हुने बत्तीहरूले मट्टितेलबाहेक ह्वेल माछाको तेलजस्ता चिज प्रयोग हुने गर्दथ्यो जबकी घरलाई तातो बनाउनका लागि काठ वा कोइलाको प्रयोग गरिन्थ्यो ।

जाडो महिनामा हप्ता दिनसम्म घाम नदेखिने र औसतभन्दा बढी काठ र कोइला खपत हुने भएकोले घरको कुना कुनामा धुवाँको कालो देखिन गर्दथ्यो ।

कोठामा राखिएका सामानको अवस्था पनि त्यस्तै हुन्थ्यो । वसन्त ऋतुको आगमनसँगै घरका महिलाहरूले झ्याल–ढोका खोलेर घामको किरणलाई स्वागत गर्ने गर्थे, जसको स्फूर्तिदायी गर्मीमा धेरै दिनसम्म डसना–गलैँचा इत्यादि सुकाइन्थे ।

मेहनती काम

सर–सामानको धुलो झारिन्थ्यो र घरको कुना–कुनामा कुचो लगाएर, पुछपाछ गरेर चम्काइन्थ्यो । यो काम असाध्यै मेहनतले गर्नुपर्दथ्यो जसको ठूलो हिस्सा घरका महिलाले गर्नुपर्ने हुन्थ्यो ।

डेलावेयर विश्वविद्यालयमा इतिहास पढाउने प्रोफेसर सुसान स्ट्रासरको पुस्तक ‘नेभर डनः अ हिस्ट्री अफ अमेरिकन हाउसवर्क’ मा बताइए अनुसार यो सफाईमा घरलाई पूर्ण रुपमा खाली गर्नुपर्ने हुन्थ्यो ।

कहिलेकाहीँ घरका पुरुष सदस्यहरूलाई निकालिने गरिन्थ्यो किनभने यस्तो काम गर्नका लागि न त उनीहरुसँग कौशल हुन्थ्यो न नै तरिका । सहयोग गर्नुको सट्टा, उनीहरुको ढसमस्स उपस्थिति काममा अवरोध र अप्ठेरो सिर्जना गर्ने रुपमा गणना गरिन्थ्यो ।

महिलाहरुका लागि यो सरसफाईको काम कत्तिको कठिन भएको हुनुपर्छ भन्ने चिनो सन् १८६४ मा एक घरेलु महिलाले आफ्नो डायरीमा लेखेको प्रविष्टिमा पाइन्छ । यो डायरी २० वर्षअघि प्रदर्शनीमा राखिएको थियो ।

उनी लेख्छिन्, ‘मैले बैठक कोठा र भान्छालाई कुल ३५० पटक सफा गरेँ । कुल ३६२ पटक दियोमा तेल भरेँ र भित्री कोठाको भुइँ र सिँढीहरू ४० पटक पुछेँ ।’

बाइबिलको समय

बाइबलकालीन समयदेखि नै यहुदी–क्रिस्चियन परम्परामा फरक प्रकारको परम्परा चल्दै आएको छ ।

यो धर्मशास्त्रमा लेखिएको छ कि जब यहुदीहरु निकै छिटो इजिप्टबाट भाग्नुपरेको थियो तब यिस्ट हालेको पाउरोटी फुल्ने समयसम्म पनि कुर्ने समय थिएन । यो आधा पाकेको र चोप्टो रोटीबाट धेरै नै भुस निस्कने गर्दथ्यो ।

वसन्त ऋतुमा मनाइने यहुदीहरूको चाड पासओभरमा घर सफा गर्ने धार्मिक व्यवस्था बनाइएको छ । यो सरसफाई यसरी गर्नुपर्थ्यो कि घर भित्र रोटीको एउटा टुक्रा पनि छोडिएको हुनु हुँदैनथ्यो । एउटा सानो टुक्रा पनि बाँकी रहेको हुनुहुँदैनथ्यो ।

यसो गर्नका लागि घरको हरेक भागलाई राम्ररी सफा गर्नुपर्छ । लगभग यस्तै परम्परा पारसीहरूको नवरोजसँग पनि जोडिएको छ ।

जापान र थाइल्यान्डबाहेक दक्षिण एसियाका धेरै देशहरूमा वसन्त ऋतुमा यस्तै सरसफाई गर्ने प्रचलन छ ।

दसैँ र तिहारमा सफा

हाम्रो देशका अधिकांश भागमा दसैँ र तिहारमा यो काम गर्ने चलन छ ।

वर्षायामको चार महिनामा घरका सरसामानमा धुलोबाहेक ओसको मोटो पत्र चढ्ने गर्छ जसलाई हटाउनका लागि घामको किरण र प्रकाश शरद् ऋतुको आगमनमा मात्रै पाइने गर्छ ।

सरसफाईका यी चाडपर्वहरूमा घरमा जम्मा भएका अनावश्यक कुराहरू प्रायः हटाउने गरिन्छ ।

यो बेग्लै कुरा हो कि विशेषगरी यस समयमा हामी यस्ता कुराहरूप्रति विशेष किसिमको मोह देख्छौँ जसले हाम्रो देशका जनता मूलतः डिब्बालाई माया गर्ने प्रजाति हुन् भन्ने देखाउँछ ।

सरसफाइको काम सुरु हुन पाएको छैन हामी घरमा राखिएका डिब्बा निकाल्न सुरु गर्छौँ र हेर्दा हेर्दै ती संख्याले तीन–चार अंकलाई छुन थाल्छ ।

संसारका बाँकी देश र समाजको बारे खासै जानकारी नभए पनि तर खाली बाकस र पुराना चीजहरूप्रति हाम्रो मोह कति पुरानो र बलियो छ भनेर हेर्न चाहन्छौँ भने, यो तिहारको  समयमा एक पटक कसैको घरमा जानुहोस् जहाँ वार्षिक सफाईको यो पवित्र अनुष्ठान चलिरहेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप