मसालमा विद्रोह : अब मोटो ‘श’, चित्रबहादुरलाई निष्कासन गरेको दाबी
नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय आज बुटवलमा सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो ।
विशेष महाधिवेशनले शन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली प्रयोग गर्दै आएकोमा अबदेखि महासचिव पदावली प्रयोग गर्ने मशालले गर्नेछ। नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले पार्टी भित्रका क्रान्तिकारीहरुले लामो समयदेखि पार्टीका गलत नीतिहरू सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले आफूहरूले विद्रोह गरेको बताए ।
नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने जनाएको छ । महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव समूहबाट विभाजित भएको नेकपा बहुमत सँग मिल्न सकिने बताए ।
विशेष महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गरेको साथै १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै २ सय जनाको राष्ट्रिय परिषद् समेत गठन भएको मसालले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण