स्रोत नखुलेको २० लाख नगदसहित धनुषाबाट २ जना पक्राउ
बिहीबार, ०३ कात्तिक २०७९, ११ : ३७

धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुरबाट प्रहरीले श्रोत नखुलेको बीस लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता छन् ।
आशिष कादमले चलाएको प्रदेश–१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । आरोपीहरुले सो नगदको स्रोत खुलाउन सकेका छैनन् ।
प्रहरी चौकी बरमझियाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन