मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विदामा स्कूल खोलेको भन्दै नगरपालिकाले गरेको कारवाही शिक्षा विकासले उल्ट्यायो

बिहीबार, ०३ कात्तिक २०७९, ११ : ३१
बिहीबार, ०३ कात्तिक २०७९

कपिलवस्तुको वाणगंगा नगरपालिकामा संघीय र स्थानीय कानून मान्ने विषयमा विवाद देखिएको छ । नगरपालिकाले सबै संस्थागत विद्यालयहरूसँग छलफल गरेर दशैं र दीपावलीको बीचको समयमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, वाणगंगा नगरपालिका–८ मा लौगाईमा रहेको कपिलवस्तु विद्या मन्दिरले उक्त निर्णयको अवज्ञा गर्दै विद्यालय खोलेको थियो । 

विद्यालय खोलेपछि नगरपालिकाले सूचना जारी गर्दै नगरले गरेको निर्णयलाई कार्यान्वयन गर्न भनेको थियो । उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कानून बमोजिम कारवाही गरिने बताएको थियो ।  कारवाहीको चेतावनीपछि कपिलवस्तु विद्या मन्दिरले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिएको थियो । उक्त निवेदनपछि इकाइले नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे वापत विद्यालयलाई कारवाही गर्न मिल्ने कानून संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको जनाएको थियो । 

नगरपालिकाले भने स्थानीय शिक्षा नियमावली अनुसार नै विद्यालयका गतिविधिहरू सञ्चालन हुने भन्दै भन्दै सोही अनुसार कारवाही हुने प्रष्ट पारेको छ । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खिमबहादुर जिसीले निर्णयको अवज्ञा गर्ने स्कुललाई वाणगंगा नगरपालिकाको शिक्षा ऐन २०७४ तथा शिक्षा नियमावली २०७४ अनुसार कारवाही गरिने बताए । 

‘नियम कानून बनाउँदा सबै सरोकारवाला निकायसँग समन्वय तथा छलफल गरेर बनाइएको हो । नगरपालिकाले गरेको निर्णय म मान्दिन भन्न मिल्दैन’ उनले भने ।  बन्दको समयमा पनि विद्यालय खोल्ने स्कुललाई कालोसूचीमा राखेर नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्का गरिने उनको भनाई छ । तर, त्यसका लागि नगर शिक्षा समितिको बैठकबाट निर्णय गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप